राइजिङ र सरस्वती सेमिफाइनलमा प्रवेश

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार ०८:३३

विराटनगर । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरमा जारी ८ औं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राइजिङ र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् । 

प्रतियोगिताको पहिलो खेलमा राइजिङ स्कुलले बिकेभिएम स्कुललाई ५ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ थालेको राइजिङले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनायो ।

प्लेयर अफ म्याच  रेहान शेखले ३४ रनको योगदान दिए । बिकेभिएमका जितेन्द्र यादवले २ विकेट लिए ।

१ सय २० रनको लक्ष्य पछ्याएको बिकेभिएमले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १४ मात्रै बनाउन सक्यो । निखिल महतोले २० रन जोडे । राइजिङका रेहान शेखले २ विकेट लिए ।

त्यस्तै, दोस्रो खेलमा सरस्वती स्कुलले ग्रिनपिस स्कुललाई १ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सबै विकेटको क्षतिमा ९० रन बनायो । मुर्सिद मन्सुरीले २६ रन बनाए । सरस्वतीका प्रशान्त यादवले २ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १८ ओभर २ बलमा ९ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ म्याच विकास कामतले ३५ रन जोडे । ग्रिनपिसका मुर्सिद आलमले ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.