विराटनगरमा अन्तर कलेज हाजिरीजबाफ हुँदै

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार १५:५३

विराटनगर । लियाे क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ ।

विराटनगरमा मंगलबार क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष आर्यन बाँस्कोटाले विद्यार्थीहरूलाई बौद्धिक रूपले सशक्त पार्नुका साथै ज्ञानको आदानप्रदान र आपसी सहयोगलाई प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरेको बताए । 

विराटनगरमा फल्गुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष बाँस्कोटाले प्रस्टाए । 

प्रतियोगितामा पोखरिया मावि, ग्रिनल्याण्ड कलेज, महेन्द्रमेमोरियल स्कुल, सत्यनारायण मावि, दिल्ली पब्लिक स्कुल, अर्किड कलेज (ए), अर्किड कलेज (बी), अरनिको कलेज, मेरिल्याण्ड कलेज, कान्तिपुर कलेज, शिक्षादीप कलेज र बिकेभिएम स्कुलबीच प्रतिस्पर्धा हुनेछ । 

सहभागी १२ कलेजमध्ये फाइनल राउण्डमा ४ वटा कजेलबीच प्रतिस्पर्धा हुन्छ । प्रतियोगिताको विजेताले १६ हजार १ सय, उपविजेताले ११ हजार १ सय, तृतीयले ५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ह्याम्पर प्राप्त गर्ने छन् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.