विराट गाेल्डकपकाे तयारी पूरा, उद्‌घाटनमा आयाेजक र काेलकाता भिड्ने

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १८, आइतबार १५:११

विराटनगर । साेमबारबाट सुरु हुने  विराट गाेल्डकपकाे तयारी पूरा भएको छ । विराटनगरकाे सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुनेछन् ।

विराटनगरकाे साथ फुटबलको विकास भन्ने नाराका साथ आयाेजित प्रतियोगिताकाे तयारी पूरा भएको विराट गाेल्डकप फुटबल प्रतियोगिता आयाेजक समिति संयाेजक नवीन रिजालले बताए ।

उनका अनुसार प्रतियोगिताकाे टिकटदर २०० रुपैयाँ ताेकिएकाे छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मकाे फाइदा हुने उनले दाबी गरे ।

भाेलिकाे उद्घाटन खेल आयाेजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।

गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.