
विराटनगर । विराट गाेल्डकपकाे उद्घाटन खेलकाे पहिलो हाफमा २-२ गाेलकाे बराबरी भएको छ ।
विराटनगरकाे सहिद रंगशालामा आयाेजक माेरङ रिजालको एफए र भारतको साउथन समिति काेलकाताबीचको खेल पहिलो हाफ २-२ गाेलकाे बराबरीमा सकिएको हो ।
आयाेजक रिजालकाे माेरङ एफएका लागि अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति काेलकाताले १३ मिनेटमा बराबरी गाेल फर्कायाे ।
कोलकाताका सुदीप्ता हाल्देनले खेललाई बराबरीमा ल्याएका हुन् । खेलकाे ३४ मिनेटमा काेलकाताले अग्रता बनायाे ।
कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो । पहिलो हाफको ४६ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दाेर्जे तामाङले गोल गरेपछि खेल २–२ को अवस्थामा पुगेको हो ।



















