विराट गोल्डकपमा आज आर्मी र आयोजक भिड्दै

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार ०६:३८

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा आज (बुधबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक रिजालको मोरङ एफए भिड्दै छन् ।

सहिद रंगशालामा साँझ ६ः३० बजेपछि खेल सुरु हुने छ । गत सोमबार राति सम्पन्न उद्घाटन खेलमा भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गरेको मोरङले घरेलु मैदानमा आज विभागी टोली आर्मीको सामना गर्ने छ ।

२ टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध बनाउँदै विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

विराटनगरको प्रतिष्ठा एवं इज्जतसँग जोडिएको ऐतिहासिक विराट गोल्डकपमा यसवर्ष १० वटा टिमको सहभागिता रहेको थियो । यसअघि सम्पन्न २ खेलमा हार बेहोर्दै २ वटा भारतीय टोली घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.