
विराटनगर । नारी दिवसको अवसर पारेर विराटनगरमा ‘गल्स अन ह्विल’ प्रतियोगितामा हुने भएको छ ।
विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । आयोजकले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै ५औं संस्करणको गल्र्स अन ह्विल प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउने जानकारी दिएको छ ।
प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा १ सय वटा स्कुटरको सहभागि गराउने लक्ष्य रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुई जनाले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए ।
प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको हुन्छ । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुनेछ । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गर्छन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिने संयोजक राठीले बताए ।
विराटनगरस्थित सिटी प्यालेसबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिहरुले खेलमा सहभागि भएर सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताका अर्को संयोजक रजत गुप्ताले बताए ।
प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको द्धितीय र तृतीयलाई पनि क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु पनि हुनेछ । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकाहरुबाट मनोरञ्जनका कार्यक्रमहरु हुने संयोजक राठीले जानकारी दिए । कार्यक्रम स्थलमा फुडस्टल, फेस पेन्ट्रिङलगायतका स्टलहरु पनि रहेछ ।



















