
विराटनगर । विराटनगरको सहिद मैदानमा आज (बिहीबार) २ विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लब भिड्दै छन् ।
विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपमा गत मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले निराश बनाउँदै एपीएफ प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको थियो । शुभेदालाई स्तब्ध बनाएको सहिद मैदानमै आज एपीएफ र नेपाल पुलिसबीच भेट हुने भएको हो ।
नेपालका २ विभागीय टोलीबीचको प्रतिस्पर्धा निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । खेल साँझ ६ः३० बजेपछि सुरु हुने आयोजकले जनाएको छ । बुधबार राति सम्पन्न खेलमा आयोजक रिजालको मोरङ एफएलाई १–० गोल अन्तरले निराश बनाउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको थियो ।



















