विराट गोल्डकप : पहिलो हाफमा थ्रीस्टारलाई २–० को अग्रता

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार २०:०४

विराटनगर । नौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत अहिले थ्रीस्टार र मच्छिन्द्र क्लबबीच खेल भइरहेको छ ।

दुई टिमबीच क्वार्टर फाइनल खेल जारी रहँदा पहिलो हाफमा थ्रीस्टारले अग्रता बनाएको छ । विराटनगरको सहिद रंगशालामा पहिलो हाफ सकिँदा थ्रीस्टारले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र एफसी काठमाडौंलाई २–० गोल अन्तरले पछि पारेको हो ।

पहिलो हाफमा थ्रीस्टारका तर्फबाट आशिष चापागाईं र दिपेश घलेले १–१ गोल । मच्छिन्द्रको तर्फबाट कुनै पनि गोल हुन सकेको छैन ।

खेल सुरु भएको १४ औं मिनेटमा थ्रीस्टारका आशिषले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । एन्जल महर्जनले निकालिदिएको क्रस पासलाई सदुपयोग गर्दै आशिषले डी–बक्सभित्रबाट बललाई पोस्टको दिशा दिए ।

खेलको २५ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाएर । उनले व्यक्तिगत गोल गरेका हुन् । आज जित्ने टिमले आगामी आइतबार पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मी रिजालको मोरङ एफएलाई १–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको विभागीय टिम हो । शनिबारको अन्तिम क्वार्टर फाइनल खेलमा चर्च ब्वाईज युनाइटेड र एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.