
विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलकाे पहिलो हाफमा चर्च ब्वाइजले अग्रता लिएको छ ।
विराटनगरको सहिद रंगशालामा शनिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले एनआरटी फुटबल क्लबलाई पहिलो हाफममा १–० गोलले अग्रता बनाएको हाे ।
खेल सुरु भएको ३४ औं मिनेटमा चर्च ब्वाइज युनाइटेडको तर्फबाट रिचर्ड विल्सनले गोल गरेर टिमको अग्रता दिलाए हुन् ।
यो खेल सकिएसँगै सेमिफानलको समिकरण पूरा हुनेछ । आज जित्ने टिम दोस्रो सेमिफाइलनमा सोमबार नेपाल पुलिससँग खेल्नेछ ।
भोलि विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।



















