विराट गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र थ्रीस्टार भिड्दै

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार ०७:३७

विराटनगर । विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (आइतबार) पहिलो समेमिफाइनल खेल हुँदै छ ।

पहिलो सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल साँझ ६ः३० बजेपछि सहिद रंगशालामा सुरु हुने छ ।

सशक्त दुवै टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आर्मी आयोजक रिजालको मोरङ एफएलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको टिम हो । त्यस्तै, थ्रीस्टार ‘डिफेन्डिङ च्याम्पियन’ मच्छिन्द्र क्लबलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।

आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्ने छ । आर्मी र थ्रीस्टारसँगै नेपाल पुलिस क्लब र चर्च ब्वाइज विराट गोल्डकपको सेमिफाइनलमा पुगेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.