भारत बन्यो आईसीसी च्याम्पियन्स ट्रफी विजेता

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार ०६:२९

काठमाडौं । भारत आईसीसी च्याम्पियन्स ट्रफी विजेता बनेको छ ।

दुबईमा आइतबार राति सम्पन्न अन्तिम खेलमा न्युजिल्यान्डलाई ४ विकेटले स्तब्ध बनाउँदै भारतले उपाधि उचालेको हो । न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाएका थिए । श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुभमन गिलले ३१, अक्सर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाए ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रासवेलले अविजित ५३, रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५ र टम लाथमले १४ रन बनाएका थिए ।

त्यसैगरी, भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले १–१ विकेट लिएका थिए । योसहित भारतले तेस्रो पटक आर्इसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

भारतले यसअघि २००२ र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । यसअघि सन् २००० च्याम्पियन्स ट्रफी विजेता न्युजिल्यान्ड भने यसपटक उपविजेतामा खुम्चिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.