
विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेलकाे पहिलो हाफमा थ्रीस्टारले अग्रता लिएको छ ।
चर्च ब्वाइज युनाइटेडविरुद्धकाे खेलको पाँचौं मिनेटमा थ्रीस्टारले अग्रता लिएको हाे । थ्रीस्टारका लागि खेमराज श्रेष्ठले गाेल गरे ।
पहिलो हाफ चर्च ब्वाइजले पटक पटक आक्रामक प्रहार गरेपनि गाेल गर्न सकेन ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् ।



















