नेपाल ४० रनले युगान्डासँग पराजित

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार २०:०६

काठमाडौं । युगान्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । 

प्रतियोगिताअन्तर्गत बिहीबार (आज) भएको खेलमा युगान्डाले नेपाललाई ४० रनले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ थालेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको योगफल तयार बनाएको थियो । युगान्डाका लागि रिता मुसामालीले ३८ र स्थर लियोक्वले २२ रन जोडिन् ।

नेपालका लागि रिया शर्माले २, रुविना क्षेत्री, पूजा महतो र इश्वरी बिष्टले समान १–१ विकेट लिए ।

नेपालले ९२ रनको लक्ष्य पछ्याउने क्रममा १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो । नेपालका लागि कविता कुँवरले १२ र कप्तान इन्दु बर्माले ११ रन मात्रै बनाए ।

युगान्डाका लागि इरेन मुटोनी र इम्माक्युलेट नाकिसुयीले समान ३–३ विकेट लिए भने जेनेट एमबाबाजी र कोन्ली लाटेले समान १–१ विकेट लिए ।

यसै सिरिजको पहिलो भेटमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको थियो । यस खेलको हारसँगै नेपालको फाइनल यात्रा औपचारिक रूपमा समाप्त भएको छ ।

नेपाल ५ खेलमा मात्र २ अंकका साथ अंक तालिकाको पुछारमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.