प्रधानमन्त्री कपमा कोशीको पहिलो जित

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार १२:३१

काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा पहिलो जित निकालेको छ । भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले पहिलो जित निकालेको हो ।

गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशी प्रदेशले ८ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभर ४ बलमा अलआउट हुँदै ३१ रन बनाएको थियो ।

कोशीका विपिन महतोले ६ तथा फिर्दोस अन्सारीले ३ विकेट लिए ।

यो जितपछि कोशीले ५ खेलबाट एकमा जित र ४ मा हारसहित २ अंक जोडेको छ । चार खेल खेलेको गण्डकीको तीनमा हार र एकमा जितसहित २ अंक नै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.