मिल्स गोल्डकपः उदयपुरको फ्युजन सेमिफाइनलमा 

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार २०:१४

विराटनगर । उदयपुरको फ्युजन फुटबल क्लब ५ औं मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगको छ । 

विराटनगरमा आइतबार (आज) भएको उद्घाटन खेलमा फ्युजनले सप्तरी फत्तेपुरको प्रोगेसिल युवा क्लबलाई १–० गोलअन्तरमा पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित पारेको हो । 

खेलको एक मात्र निर्णायक गोल फ्युजनका लागि ६८ औं मिनेटमा युवराज थापाले गरे । रितेश तामाङले निकालेको क्रस पासमा युवराजले उत्कृष्ट गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा खेले । मध्यानतरपछि केहीमा केही परिवर्तन गर्दै गोलको खोजीमा रहेको सप्तरीले धेरै अवसर गुमाउन पर्दा पहिलो खेलबाटै बाहिरिनु पर्यो । 

खेलेको प्लेयर अफ द म्याच फ्युजनका गोलरक्षक अनिल मगरले २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।  

चैत १० गते हुने प्रतियोगितामा  भारत विहारको वाइएससी खोखा झिल कटिहार, सप्तरीको प्रोग्रेसिल युवा क्लब, उदयपुरको फ्युजन फुटबल क्लब, सुनसरी इटहरीको टीएफसी तालतलैया, मोरङको लेटाङ फुटबल क्लब, विराटनगर मिल्स एरियाको लाली गुराँस स्पोर्टिङ क्लब, कोशी प्रदेश कार्यालय विराटनगर र विराटनगरकै पेमा स्पोर्टिङ क्लबले प्रतियोगितामा भागको ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले हुने टोलीले ५१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । 

मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरको जुट मिलको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार घरेलु टोली पेमा स्पोर्टिङ क्लब र विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालयबीच हुनेछ ।  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.