‘मिसन–२०२६ खेलकुद अभियान हो’ सदस्यसचिव  घिसिङ

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार २१:००

काठमाडौं । एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदका लागि सुरु गरिएको ‘मिसन २०२६ खेलकुद’को महत्वपूर्ण अभियान रहेको छ । 

मिसन २०२६ को समीक्षा बैठकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले एसियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको बताएका हुन् । 

राखेपले सन् २०२६ मा जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सञ्चालन गरेको विशेष प्रशिक्षणको समीक्षा कार्यक्रममा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने बताए । प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन दिए । 

कार्यक्रममा विशेष प्रशिक्षणका प्रशिक्षकहरूले खेलाडीमा खेल क्षमता वृद्धि हुँदै गएको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले समीक्षा बैठकले आगामी दिनमा प्रशिक्षणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गरे । 

हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ जना खेलाडी विशेष प्रशिक्षणमा छन् । ४६ जना महिला र ५३ जना पुरुष खेलाडीहरूलाई २२ जना प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेको निर्देशक विष्टले बताए । 

विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, जुडो, पुरुष /महिला कबड्डी, महिला भलिबल, गल्फ, कुस्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरू विशेष प्रशिक्षणमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.