सेपाकताक्रो खेलाडीको बिदाइ

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार २१:०८

काठमाडौं । विश्व कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् । 

खेलाडीहरूलाई आत्मविश्वाससाथ खेल्नका लागि शुभकामना दिए । भारतको विहारमा यही चैत ७ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपमा नेपालबाट ७ जना महिला र  ५ जना पुरुष खेलाडी सहभागी हुने छन् ।

पुरुष खेलाडीतर्फ रोशन तामाङ, रविन भट्टराई, दीपेशजंग थापा, अनिल जर्गा मगर, सनम पुर्जापुनका साथै टिम कोच शिवबहादुर राना र म्यानेजर जितेन्द्र थापा मगर रहेका छन् ।

त्यस्तै, महिलातर्फ सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन, निरु थापा मगर, नैना राना मगर र स्वस्तिका श्रेष्ठका साथै टिम मेनेजर श्यामबहादुर श्रेष्ठ र प्रशिक्षक सीता सुवेदी रहेका छन् ।  ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.