झापामा नेपाल सुपर लिगको ट्रफी अनावरण

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार १२:३९

बिर्तामोड । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको तेस्रो संस्करणको ट्रफी झापामा अनावरण गरिएको छ । 

ट्रफी अनावरणसँगै झापाका विभिन्न स्थानमा प्रदर्शनसमेत गरिएको छ । काठमाडौंमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी सोमबार (आज) झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य हिमाल खरेलले जानकारी दिए ।

रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम झापा एफसीलाई च्याम्पियन बन्नका लागि वक्ताहरुले अग्रिम शुभकामना दिए । 

मेची रंगशालाबाट प्रदर्शन सुरु गरिएको ट्रफी नेपालको होचो भूभाग कचनकवल, काँकरभिट्टा, इस्ट होराइजन स्कुल धुलाबारी, बर्ने चिया बगान, बुधबारे, अर्जुनधाराधाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकमा पुगेर टुंगिने खरेलले जानकारी दिए ।

धनगढीबाट सुरु गरिएको ट्रफी प्रदर्शन बुटवल, लुम्बिनी, चितवनपछि आज झापामा भएको हो । झापापछि पोखरा, ललितपुर हुँदै काठमाडौं पुगेर समापन गरिने बताइएको छ ।

चैत १६ गतेबाट सुरु हुने प्रतियोगितामा ७ वटा टिमले भाग लिने छन् । प्रतियोगिताको उद्‌घाटन खेल ललितपुर र काठमाडौंबीचमा हुनेछ । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.