मिल्स गोल्डकप : उपाधिका लागि उदयपुर र लेटाङ भिड्दै 

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार १९:११

विराटनगर । विराटनगरमा जारी ५ औं मिल्स गोल्डकप फुटबलको फाइनलमा मोरङको लेटाङ फुटबल क्लब पुगेको छ ।

आइतबार हुने फाइनल खेलका उपाधि जितका लागि लेटाङले उदयपुर गाईघाटको फ्युजन फुटबलसँग खेल्ने छ ।

विराटनगर जुट मिलको खेल मैदानमा शुक्रबार भएको खेलमा लेटाङले घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोल फरकमा पराजित गर्दै फाइनलमा पुगेको हो । 

लेटाङका सौगात राईले २ गोल, विवेक राई, अनुप मगर, सन्दीप मगर र किरण शंकरले समान १–१ गोल गर्दै टोलीलाई जित दिलाए । 

यता, घरेलु टोलीका लागि निशान्त राई, रोशन राई  र प्रनिश न्यौपानेले समान १ –१  गोल गरे । 

खेलको ४ मिनेटमा पेमाका निशान्त राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । रोशन राईले ९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

लेटाङका विवेक राईले २३ औं मिनेटमा पुजन चौधरीले निकालेको क्रस पासमा गोल गर्दै अग्रतालाई कम पारे । 

३२ औं मिनेटमा अनुप मगरले लेटाङका लागि गोल थपेपछि खेल बराबरीमा आयो । ५७ औं मिनेटमा सन्दीप मगरले गोल गर्दै लेटाङको अग्रतालाई तेब्बर बनाए ।

किरण शंकरले ६५ औं मिनेटमा लेटाङका लागि गोल गरे । ७० औं मिनेटमा सौगत राईले डिबक्स भित्रबाट गरेको कडा प्रहारले जाली चुम्यो ।

लगतै पेमाका प्रनिश न्यौपानेले गोल गर्दै ३–५ गोलले अग्रता घटाए । ७८ औं मिनेटमा लेटाङका लागि सौगतले पुनः गोल थप्दै जित सुनिश्चत पारे । 

खेलको प्लेयर अफ द म्याच लेटाङका किरण शंकरले २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।  मिल्स गोल्डकप फुटबल ट्रष्टले आयोजना गरेको प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्न टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.