लेटाङलाई मिल्स गोल्डकपको उपाधि  

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १९:२२

विराटनगर । मोरङको लेटाङ फुटबल क्लबले ५ औं मिल्स गोल्डकपको उपाधि जितेको छ ।  

विराटनगरको जुट मिल खेल मैदानमा आइतबार भएको खेलमा लेटाङले गाईघाटको फ्युजन फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

लेटाङलाई उपाधि दिलाउन पुजन चौधरी नायक भए । उनले खेलको ४५ औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए । 

सुजन बिकले निकालेको क्रस पासलाई पुजनले चलाखी पूर्ण तवरले गोल गरे । उपाधिसँगै लेटाङले १ लाख १ हजार र उपविजेता गाईघाटले ५१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे ।  

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको लेटाङले उपाधि जितेको हो । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक लेटाङका समिर क्षेत्री, सर्वोत्कृष्ट खेलाडी लेटाङका किरण शंकर, उत्कृष्ट प्रशिक्षक लेटाङका इन्द्र राई र उत्कृष्ट डिफेन्डर गाईघाटका युवराज थापा भए  ।

सर्वाधिक गोलकर्ता लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङले समान २–२ गोल गरे ।  

प्रतियोगितामा भारतको १ टोलीसहित ८ वटा टोलीको सहभागिता रहेको थियो । खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेल, मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलगायतले पुरस्कार प्रदान गरे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.