
काठमाडौं । नेसनल किक बक्सिङ एशोसिएसन नेपालले वाको किक बक्सिङ वल्र्ड कपमा सहभागिताका लागि ५ खेलाडी छनोट गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको छनोट प्रतियोगिताबाट ४ पुरुष र १ महिला खेलाडी छनोट गरेको संघले जनाएको छ ।
पुरुष ५७ केजीमुनि सुदूरपश्चिम प्रदेशका आसिक कोली, ६७ केजीमुनि बागमती प्रदेशका सागर दर्जी, ६९ केजीमुनि बागमतीका सुनिम श्रेष्ठ र ७१ केजीमुनि बागमतीकै कोसिस श्रेष्ठ छानिए ।
महिला ५१ केजीमुनि बागमतीकी सन्जु सुम्बा तामाङ सहभागी हुने छिन् ।
थाइल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडीको बन्द प्रशिक्षण चैत १२ गतेदेखि सुरु हुने बताइएको छ ।



















