प्रदेश स्तरीय टी २० : इलामलाई हराउँदै उदयपुरको विजयी सुरुवात 

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १२, मंगलबार १८:५२

विराटनगर । कोशी प्रदेश स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उदयपुरले विजयी सुरुवात गरेको छ ।

विराटनगर –१९ गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालमा मंगलबार भएको उद्‌घाटन खेलमा उदयपुरले इलामलाई २९ रनले पराजित गरेको छ । जितसँगै उदयपुरले २ अंक जोड्न सफल भयो ।

इलामले टस जितेर पहिलो ब्याटिङको निम्तो उदयपुरलाई दिएको थियो । पहिले ब्याटिङको मौका पाएको उदयपुरले १९ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनको योगफल बनायो । प्रभात किरण राईले २२ रन, निर्देश बस्नेतले १५ रन र रिजन तिवारीले १० रन बनाए । इलामका लभ कामतले ४ विकेट र प्रज्ज्वल खत्रीले ३ विकेट लिए । 

८६ रनको विजय लक्ष्य पछ्याउने क्रममा इलामले १५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ५६ रनमै समेटियो । श्याम यादवले १४ रन बनाए । उदयपुरका तेज आचार्य र सुशान्त तिम्सिनाले ३–३ विकेट लिए ।

खेलको  प्लेयर अफ द म्याच उदयपुरका तेज आचार्यले २ हजार ५ सय प्राप्त गरे । 

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले प्रतियोगिताको उद्‌घाटन गर्दै प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको बताए । 

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल मोरङ र उदयपुर तथा दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र सुनसरीबीच हुने क्लबकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.