गोधुली रनिङ कप : १७ र १३ नम्बर वडा क्वाटर फाइनलमा 

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार ०७:४९

धरान । धरानमा जारी गोधुली रनिङ कप फुटबलको २५ औं संस्करणको क्वाटर फाइनलमा १३ र १७ नम्बर वडा पुगेको छ । 

प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको पहिलो खेलमा ४ पटकको विजेता १७ नम्बर वडाले २० नम्बर वडालाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

१७ नम्बर वडाका लागि कृष्ण राईले २ गोल र पासाङ तामाङले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच १७ नम्बर वडाका कृष्ण राई भए । 

त्यसैगरी, दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन १३ नम्बर वडाले ४ नम्बर वडालाई २–० गोलअन्तरमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

१३ नम्बर वडाका  लागि सुशान्त राई र निकोलस राईले गोल गरे । खेलको म्यान अफ द म्याच १३ नम्बर वडाका सुशान्त राई भए  ।  प्रतियोगिताको बुधबार (आज) साँझमा ६ नम्बर वडा र १० नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.