
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट ललाई नियुक्त गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई २ वर्षका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो। क्यानले शुक्रबार विज्ञप्ति जारी गरेर यसको जानकारी दिएको छ ।
मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो । क्यानले प्रमुख प्रशिक्षकमा नियुक्त हुन चाहनेको अन्तर्वार्तासमेत लिएको थियो।
स्टुअर्ट लले यसअघि श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षकको भूमिका निभाएका थिए। उनले नेपालको क्रिकेट क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



















