आइपिएलमा अपराजित पञ्जाब किङ्स

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार ०७:०६

काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दाेस्राे जित निकालेकाे छ । मंगलबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटको जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो ।

यो नतिजासँगै पञ्जाब दुई खेलबाट चार अंक बटुल्दै शीर्ष दुईमा उक्लिएको छ।

पञ्जाबले यसअघि गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो । लखनउको भने यो लगातार दोस्रो हार हो । लखनउले तीन खेलबाट दुई अंक जोडेको छ ।

लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाउँदै १७७ रन बनायो । पञ्जाबका लागि प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरको सानदार ब्याटिङ गरे । प्रभसिमरनले सर्वाधिक ६९ रन बनाए । अय्यरले भने लगातार अर्धशतक पूरा गरे । अविजित रहेका उनले ३० बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाए । यसअघि उनले गुजरातविरुद्ध अविजित ९७ रन बनाएका थिए ।

नेहाल भाधेरा ४३ रनमा अविजित रहँदा प्रयान्स आर्या आठ रनमा पभिलियन फर्किए । लखनउका दिग्वेश राठीले दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए।

त्यसअघि भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.