
काठमाडौं। रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । रियल सोसिडाडमाथि समग्रमा ४–३ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
अप्रिल २६ मा सेभिलमा हुने फाइनलमा रियलले बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ । याे खेल आज हुनेछ । पहिलो लेगमा बार्सिलोनामा ४–४ को बराबरी भएको थियो ।



















