इक्युवालिटी कप क्रिकेटको फाइनलमा मोरङ र सप्तरी

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार १८:४८

विराटनगर । विराटनगरमा जारी चौथोँ संस्करणको ‘इक्युवालिटी कप क्रिकेट २०२५’ को उपाधिका लागि मोरङ र सप्तरी भिड्ने भएका छन् ।

प्रतियोगिताको अन्तिम लिग खेलमा सप्तरीलाई माेरङले पराजित गरेकाे  हाे । लिग चरणको खेलमार्फत मोरङ र सप्तरी यसअघि नै फाइनलमा प्रवेश गरेका थिए । मोरङले खेलेको तीनै खेलमा जित हात पार्दै ६ अंक जोडेको छ भने सप्तरीले ३ मा २ खेलमा जित हात पार्दै ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ । उपाधिका लागि दुई टाेलीबीचकाे खेल बिहीबार हुनेछ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर– ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा पुगेकाे हाे ।

टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडीन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले १–१ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले १० दशमलव ५ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्साा राना मगरले अविजित १५ रनको योगदान दिइन् । टिकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दिपा रामले २ विकेट लिइन् ।

यसअघि भएको पहिलो खेलमा सिरहाले इलामलाई १ सय ३३ रनको पराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको थियो । दुवै टिमले लगातार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । सिरहाले ३ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने इलामले तीनै खेलमा पराजित भएको छ ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.