‘ओलाङचुङगोला घुमौ न एक फेर भोलि के होला’ सार्वजनिक (भिडियोसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २, मंगलबार १५:०२

काठमाडौं । ताप्लेजुङमा रहेको पर्यटकीय क्षेत्र ओलाङचुङगोला र यसै स्थानमा रहेको दिकी छ्योलिङ गुम्बाको महत्व समेट्दै तयार पारिएको गीत सार्वजनिक भएको छ ।

टंक भट्टराईको शब्द, दीपक शर्माको संगीत, निरोज लामा, बेनिशा पौडेल र वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘ओलाङचुङगोला’ बोलको गीतमा पेम्बा ओङ्दी शेर्पा र मारियम सिवालाई फिचरिङ गरिएको छ ।

Advertisement

ओलाङचुङगोलामा पर्यटकलाई गरिने सत्कार र सम्मानका साथै यहाँ रहेको करिब ५ सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बाको महŒव र यहाँ लाग्ने पर्वलाई मुख्य रूपमा देखाइएको उक्त गीतमा याङ्मा क्षेत्र, यस क्षेत्रका ताल र पोखरीका साथै तमोर नदी, चोरी र सीमा क्षेत्रलाई पनि समेटिएको छ ।

भूपेन्द्र गुरुङले करियोग्राफी गरेको उक्त गीतमा घुम्न गएकी एक पर्यटक यहाँका एक युवकसँग मायामा परेको कथा देखाइन्छ ।

भेटिँदाको खुसी र छुट्दाको पीडालाई गीतको भिडियोमा उतारिरहँदा यहाँको आकर्षक पर्यटकीय स्थानलाई पनि सँगै फिचरिङ गरिएको छ ।

हर्कराज गुरुङद्वारा निर्देशित उक्त गीतको छायांकन भूपेन्द्र योङहाङ, फुङसो जबेगु र सोवित गुरुङले गरेका हुन् । उक्त गीत सोमबार भवसागर इन्टरटेन्मेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

पर्यटन प्रवर्धनका लागि तयार पारिएको उक्त गीत ओलाङचुङगोला क्षेत्र पर्ने फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ ले निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.