‘ओलाङचुङगोला घुमौ न एक फेर भोलि के होला’ सार्वजनिक (भिडियोसहित)

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार १५:०२

काठमाडौं । ताप्लेजुङमा रहेको पर्यटकीय क्षेत्र ओलाङचुङगोला र यसै स्थानमा रहेको दिकी छ्योलिङ गुम्बाको महत्व समेट्दै तयार पारिएको गीत सार्वजनिक भएको छ ।

टंक भट्टराईको शब्द, दीपक शर्माको संगीत, निरोज लामा, बेनिशा पौडेल र वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘ओलाङचुङगोला’ बोलको गीतमा पेम्बा ओङ्दी शेर्पा र मारियम सिवालाई फिचरिङ गरिएको छ ।

ओलाङचुङगोलामा पर्यटकलाई गरिने सत्कार र सम्मानका साथै यहाँ रहेको करिब ५ सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बाको महŒव र यहाँ लाग्ने पर्वलाई मुख्य रूपमा देखाइएको उक्त गीतमा याङ्मा क्षेत्र, यस क्षेत्रका ताल र पोखरीका साथै तमोर नदी, चोरी र सीमा क्षेत्रलाई पनि समेटिएको छ ।

भूपेन्द्र गुरुङले करियोग्राफी गरेको उक्त गीतमा घुम्न गएकी एक पर्यटक यहाँका एक युवकसँग मायामा परेको कथा देखाइन्छ ।

भेटिँदाको खुसी र छुट्दाको पीडालाई गीतको भिडियोमा उतारिरहँदा यहाँको आकर्षक पर्यटकीय स्थानलाई पनि सँगै फिचरिङ गरिएको छ ।

हर्कराज गुरुङद्वारा निर्देशित उक्त गीतको छायांकन भूपेन्द्र योङहाङ, फुङसो जबेगु र सोवित गुरुङले गरेका हुन् । उक्त गीत सोमबार भवसागर इन्टरटेन्मेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

पर्यटन प्रवर्धनका लागि तयार पारिएको उक्त गीत ओलाङचुङगोला क्षेत्र पर्ने फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ ले निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया
दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप
युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×