
काठमाडौं । बुटबल घर भएका सुदीप न्यौपाने परिवारसहित भारतको जम्मू –कश्मिर घुम्न गएका थिए ।
जम्मू –कश्मिर घुम्न जाने क्रममा आतंकवादी हमलामा न्यौपानेसहित अन्य २७ जनाको मृत्यु भएको छ । न्यौपाने नेपालका हुनभने घटनामा परेर मृत्यु हुनेमा भारतीय र अन्य तेस्रो मुलुकका नागरिक रहेको बताइएको छ । सबै जना घुम्न गएको खुलेको छ ।
बुटवल उपमहानगरपालिका –१४ का वडाअध्यक्ष दधिराम न्यौपानेले जम्मू –कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन् ।
वडाध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए । सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् ।
मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो । घटनामा अन्य धेरै जना घाइते भएका छन् । आक्रमणको जिम्मा लश्कर–ए–तैयबा समूहले लिएको छ ।

























