श्रीमान् ओछ्यानमै मृत फेला, श्रीमती पक्राउ

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १८:५५
सांकेतिक तस्बिर

सप्तरी । सप्तरीमा एक पुरुष मृत भेटिएका छन् । कञ्चनरुप नगरपालिका -८ कञ्चनपुर ४८ वर्षीय श्यामकुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएको परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद देखिएपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ । प्रहरीका अनुसार गुप्ताले अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए । स्थानीयले उनकी श्रीमती गुञ्जा मानसिक रोगी रहेकाले हत्या गरेको हुन सक्ने आशंका छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.