उसुका चिनियाँ प्रशिक्षक नेपालमा

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार २०:४५

काठमाडौं । चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन् ।

नेपाल उसु महासंघको आयोजनामा जारी ७ औं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षका प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिन जियान्छ्वान नेपाल आएका हुन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्ड हलमा भइरहेको कोर्षमा सहभागीलाई शुक्रबारसम्म प्रशिक्षण दिने छन् ।

जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन् । ७ औं डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन् ।

महासचिव नवराज ढुंगानाले निमन्त्रणा स्वीकार गरी नेपाल आएकोमा लिनलाई धन्यवाद दिए ।

उनले नेपालमा अझ योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको बताउँदै लिनको प्रशिक्षणबाट सहभागीले उच्च स्तरको ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे ।

लिनले नेपालको उसु विकासमा महासंघसँग सहकार्य गर्न तयार रहेको बताउँदै सहभागीले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।

साता व्यापी निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.