
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्रा विनिमयदरको सूची सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ०३ पैसा तथा युरोपियन युरो एकको खरिद दर १५५ रुपैयाँ ०५ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा छ । युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८१ रुपैयाँ ६४ पैसा र बिक्री दर १८२ रुपैयाँ ४४ पैसा एवं स्विस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ६७ पैसा र बिक्री दर १६५ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०७ पैसा र बिक्री दर ८७ रुपैयाँ ४५ पैसा तथा क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २८ पैसा र बिक्री दर ९८ रुपैयाँ ७१ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ८१ पैसा र बिक्री दर १०४ रुपैयाँ २६ पैसा एवं जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा तथा साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५९ पैसा एवं थाई भाट एकको खरिद दर ४ रुपैयाँ ०७ पैसा र बिक्री दर ४ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १४ पैसा र बिक्री दर ३७ रुपैयाँ ३१ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ १९ पैसा र बिक्री दर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा एवं स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ७७ पैसा र बिक्री दर २० रुपैयाँ ८६ पैसा तथा हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७ रुपैयाँ ६७ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ९३ पैसा र बिक्री दर ४४६ रुपैयाँ ८९ पैसा एवं बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५५ रुपैयाँ ९० पैसा तथा भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्धारित विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

























