
विराटनगर । नेपाल राष्ट्र बैंकको स्थापना दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी गरिएको छ । ७० औं स्थापना दिवसकाे अवसरमा आइतबार विराटनगरमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम गरिएको हो ।
राष्ट्र बैंक विराटनगर कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सचेतनामुलक प्लेकार्ड र सन्देशसहित सहभागि भएका थिए ।


























