
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७५ जना कर्मचारी माग गरेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले सहायक प्रशिक्षार्थी २५ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जना माग गरेको हो ।
बैशाख १७ गते खुला प्रतिस्पर्धाका लागि आह्वान भएको विज्ञापन अनुसार बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको पदपुर्ति समितिका अनुसार १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । महिलाको हकमा उमेरहद ४० वर्ष तोकिएको छ ।


























