
विराटनगर । मोरङको कटहरीमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले कार्य सम्पादनका आधारमा उत्कृष्ट कर्मचारी र सेवा प्रवाह गर्ने शाखालाई सम्मान गरेको छ ।
जीवन विकासले सूचना प्रविधि विभागका प्रमुख रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । यसअघि विजयकुमार मण्डल, तुलसादेवी काफ्ले, मैया राई र दिलबहादुर विकले गोल्डेन अवार्ड प्राप्त गरी सकेका छन् ।
त्यस्तै, जीवन विकास इलामका प्रमुख सुशील सिठुङले ‘जीवन विकास साहसी अवार्ड’ प्राप्त गरे । संस्थाले नमुना र साहसिक काम गर्ने कर्मचारीलाई यो अवार्ड प्रदान गर्छ ।
२०८० / ०८१ मा शाखाहरू मध्ये उत्कृष्ट कार्य सम्पादनका आधारमा प्रथम कटहरी शाखा, द्वितीय राम चोक शाखा र तृतीय राप्ती शाखा भएको छ ।
त्यसैगरी, उत्कृष्ट जिल्ला प्रमुखतर्फ झापाको बिर्तामोड क्लस्टर प्रमुख मनोजकुमार मण्डल प्रथम, भोजपुरका प्रमुख पप्पुकुमार साहले दोस्रो र सप्तरी कठौना क्लस्टर प्रमुख राजेशकुमार साहले तेस्रो भए ।
कार्य सम्पादनका आधारमा उत्कृष्ट शाखा प्रमुखतर्फ झापाको भद्रपुर शाखाकी प्रमुख शर्मिलाकुमारी चौधरीले प्रथम, मोरङको मझारे शाखा प्रमुख अनिलकुमार साहले दोस्रो र सिराहाको सिराहा शाखा प्रमुख जितेन्द्रकुमार यादवले तेस्रो भए ।
उत्कृष्ट फिल्ड कर्मचारीतर्फ जेसनकुमार दास प्रथम, अरुणा कार्की दोस्रो र सीमाकुमारी राजवंशीले तेस्रो भए ।
उत्कृष्ट सहयोगी कर्मचारीतर्फ निरजकुमार सिंह प्रथम, मुकुन्द सुवेदी दोस्रो र फूलमाया कार्की तेस्रो भए ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले ३१ जिल्लामा १६० शाखा कार्यालय मार्फत घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेकाे छ ।
कार्य सम्पादनका आधारमा उत्कृष्ट कर्मचारी र सेवा प्रवाह गर्ने शाखालगायत संस्थाको विभिन्न क्षेत्रमा विशेष योगदान गरेका कर्मचारीहरूलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष तथा माेरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, जीवन विकास लघुवित्त सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदी, सञ्चालक सदस्यहरू श्यामचन्द्र खतिवडा, प्रकाशकुमार श्रेष्ठ, इन्द्रनारायण देव वैश्य, गोकर्ण खतिवडा, अशोक सिटौला, डा. बन्दनाकुमारी जैन र जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले मेडल तथा सम्मानपत्र प्रदान गरेका थिए ।

























