गभर्नर बन्ने सम्भावना बढेपछि पौडेलले दिए समितिबाट राजीनामा

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार २१:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । उनलाई गर्भनर बनाउने विषयमा सत्तारुढ दल सहमति नजिक पुगेपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।

यसअघि सत्तागठबन्धन दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा‍‍. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति गरेका थिए । भट्टको नाममा प्रधानमन्त्री ओली सहमत हुन सकेका थिएनन् ।

ओली तयार नभएपछि कांग्रेसले पौडेललाई अघि सारेको हो ।

गभर्नर हुने अवस्था आएपछि पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएको बताइएको छ ।

समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए । यसअघि राष्ट्रबैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.