टेष्ट क्रिकेटबाट विराट कोहलीले लिए सन्यास

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २९, सोमबार १४:११

काठमाडौं । टेष्ट क्रिकेटबाट भारतीय क्रिकेटर विराट कोहलीले सन्यास घोषणा गरेका छन् । सोमबार इन्स्टाग्राममा पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

टेष्ट क्रिकेटमा कोहलीले १२३ खेल खेल्दै ९ हजार २३० रन बनाएका छन् ।

Advertisement

‘टेष्ट क्रिकेटमा मैले पहिलो पटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ वर्ष भइसक्यो । इमानदार भएर भन्नुपर्दा, यो फर्म्याटले मलाई जहाँसम्म ल्याउँछ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यसले मलाई परिक्षण गर्‍यो, आकार दियो, र जीवनभर पाठहरू सिकायो,’ कोहलीले इन्स्टाग्राम पोस्टमा लेखेका छन्,‘ अब म यो फर्म्याटबाट टाढा हुँदैछु, यो सजिलो थिएन । तर मलाई ठीक जस्तो लाग्छ । मैले यो खेललाई जति दिन सक्थेँ, सबै दिएको छु, र यसले मलाई मैले सोचेभन्दा धेरै दिएको छ ।’

कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । त्यसको तीन वर्षपछि उनी कप्तान बनेका थिए । उनले भारतका लागि ६८ वटा टेस्ट खेलमा कप्तानी गरे । सन् २०२४ को टी– २० विश्वकप जितेपछि कोहलीले टी – २० बाट सन्यास लिएका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.