तोलामा २ हजार घट्यो सुनको मूल्य

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार १२:१२

काठमाडौं । सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार तोलामा २ हजार रुपैयाँ घटेको हो । आज प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँँमा कारोबार भइरहेको छ ।

सोमबार पनि सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । दुई दिनमा तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको हो । सोमबार १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

साेमबार प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.