महालेखाले बुझायो राष्ट्रपतिलाई प्रतिवेदन, कति छ बेरुजु ?

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार १५:११

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

महालेखाले आर्थिक वर्ष २०८०–०८१ मा मुलुकभर कुल ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ बेरुजु देखिएको प्रतिवेदन बुझाएको हो । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष ६२ औँ वार्षिक प्रतिवेदन बुझाउँदै बेरुजुको अवस्था सार्वजनिक गरेका हुन्।

उनका अनुसार संघीय सरकारका कार्यालयमा ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेशस्तरीय कार्यालयमा ४ अर्ब २० करोड, स्थानीय तहमा २५ अर्ब ३२ करोड ४२ लाख र समिति तथा अन्य संस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ५ हजार ७ सय ५९ कार्यालयको लेखापरीक्षण गरेको थियो ।

महालेखाले ९४ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको रकम परीक्षण गरेको हो । परीक्षणबाट अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको छ भने लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, अनुदान र ऋणसम्बन्धी टुंगो नलागेको रकम ५ खर्ब ५१ अर्ब १ करोड रहेको जनाइएको छ।

रायाले लेखापरीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको र प्रदेश सरकारहरूका लागि अलग प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.