
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा ह्वात्तै घटेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो ।
चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























