विराटनगरको रानी नाकामा तस्करी: फेरिए सशस्त्रका डीएसपी

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार २०:२९
फाइल तस्बिर

विराटनगर । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डीएसपी साबिक जिम्मेवारीबाट अलग हुने गरी तानिएका छन् । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी बढेको गुनासो गरेपछि उनी तानिएका हुन् ।

विराटनगरमा चार दिनअघि आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी ३० दिनभित्र नियन्त्रण लिन निर्देशन दिएका थिए । उनले तस्करी बढेको भन्दै असन्तुष्टि जनाएपछि सशस्त्र प्रहरी बलले रानी नाकाका सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतलाई तानेको हो ।

सशस्त्र प्रहरी बल नम्बर १ वराह बाहिनीका प्रमुख डीआईजी कुमार न्यौपानेले उनको सन्तोषजनक काम नदेखिएकाले अर्कै डीएसपीलाई पठाएको बताए । डीएसपी राउतको सट्टामा डीएसपी अमर खत्रीलाई पठाइएको छ।

केही समयअघि मात्रै सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा शिक्षालयका समादेशकहरूलाई परिणाममुखी काम गर्न नसके कमाण्डबाटै फिर्ता गर्ने चेतावनी समेत दिएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.