२८८ जना सैनिकको आँखा परीक्षण

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ४, आइतबार १०:५५

उदयपुर । पशुपतिप्रसाद गण त्रियुगा नगरपालिका–१० बोक्सेका २८८ जना सैनिकको आँखा जाँच गरिएको छ । मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा शुक्रबार ब्यारेकमा कार्यरत २७७ जना बहालवाला सैनिक र ११ जना भूतपूर्व सैनिकको निःशुल्क आँखा परीक्षण गरिएको हो ।

सेनामा कार्यरत कर्मचारीहरुको शारीरिक अवस्था पूर्णरुपमा सबल र सक्षम हुन आवश्यक रहेको भन्दै नि:शुल्क आँखा शिविर आयोजना गरिएको नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।

‘रातको गस्ती, टार्गेट फोकस, फायरिङका लागि आँखा पूर्ण रुपमा स्वस्थ हुन आवश्यक छ भन्ने हामीले बुझेका छौं,’ उनले भने, ‘कमजोर दृष्टिले मानचित्र पढ्न, सिग्नल बुझ्न तथा उपकरण चलाउन समस्या ल्याउँछ, सोही विषयलाई मध्यनजर गर्दै हामीले निःशुल्क आँखा परीक्षण सिविर राखेका हौं ।’

आई केयर फाउन्डेसनको सहयोग र पशुपतिप्रसाद गणको समन्वयमा संचालन भएको शिविरमा २३४ जना पूरुष र ५४ जना महिला सहभागी थिए । आँखा परीक्षण गरिएका ४० जना बहालवाला सैनिक र ७ जना भूतपूर्व सेनालाई चस्मा लगाउन सिफारिस गरिएको थियो ।

सेनाको निःशुल्क रुपमा आँखा परीक्षण गरिदिएको भन्दै मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउललाई पशुपतिप्रसाद गणका गणपति शिवप्रसाद वाग्लेले मायाको चिनोसहित धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइको प्रतिक्रिया
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै
विराटनगरबाट पक्राउ परे भारतीय नागरिक, गाँजा बरामद
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट केराबारीका दुई जना युवा पक्राउ
पहिरोले पुरियो बोलेरो गाडी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×