
विराटनगर । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकिएको छ । बजारमा सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन १ हजार ९ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

























