पत्रकार बस्नेत सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ११, आइतबार १५:०३

इलाम । मोरङका पत्रकार नरेन्द्र बस्नेत सम्मानित भएका छन् । बेलबारीबाट प्रकाशित हुने बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, २०८२ प्रदान गरिएको हो ।

इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा आयोजित चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नायक नायिका बसुन्धरा भुसाल, शिव श्रेष्ठ, गौरी मल्ल, मोहन निरौलालगायतले बस्नेतलाई सम्मान गरे ।

Advertisement

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील बस्नेतलाई पत्रकारिता क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.