
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ मा भूमिहीन ५ लाख नागरिकलाई लालपुर्जा बाँड्ने भएको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन् । भूमिसम्बन्धी कानुनको संशोधित व्यवस्था अनुसार ५ लाखलाई लालपुर्जा वितरणको व्यवस्था मिलाइने उनले बताए ।
त्यसका लागि सरकारले भूमिहीन नागरिकको संख्या संकलन गरेर प्रमाणीकरण गर्ने छ । भूमिहीनको संख्या यकिन गरेर ५ लाखलाई लालपुर्जा वितरण गर्ने घोषणा सरकारले गरेको हो ।

























