नेपालीले गर्न पाउने भए विदेशमा लगानी

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १६:१७

काठमाडौं । नेपालीले अबदेखि विदेशमा लगानी गर्न पाउने भएका छन् । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थ एवं उपप्रधानमन्त्री विष्णु पौडेलले नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने उल्लेख गरे । ‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’ उनले भने ।

विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने छ ।

यसअघि नेपालीले विदेशमा लगानी गर्न पाउँदैन थिए । सरकाले अध्यादेशमार्फत आईटी कम्पनीहरुलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.