सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १६:५०

काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थ एवं उपप्रधानमन्त्री विष्णु पौडेलले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने घोषणासमेत गरेका छन् । सरकारले सबै सामाजिक सुरक्षामा आबद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने घोषणा पौडेलले गरे । सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा सरकारले नदिने भएको छ । वृद्ध भत्ता पाउने उमेर बढाउने घोषणा भने सरकारले गरेन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.