आईपीएलकाे फाइनलमा पन्जाव, उपाधिका लागि बेंगलुरुसँग खेल्ने

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ १९, सोमबार ०७:०६

काठमाडौं । पाँचपटकको विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै पञ्जाब किङ्स आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ५ विकेटले हराउँदै पञ्जाब उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।

मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान श्रेयस अय्यरले ४१ बलमा अविजित ८७ रन बनाए । मुम्बईका लागि अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्मा र सुर्यकुमार यादवले समान ४४ रन बनाउँदा नमन धिरले ३७ रन बनाए ।

पञ्जाबका अजमतुल्लाह ओमरजाइले २ विकेट लिए भने काइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट हात पारे ।

पञ्जाब ११ वर्षपछि प्लेअफमा पुगेर फाइनल नै पुगेको हो । यसअघि सन् २०१४ को फाइनलमा पञ्जाब कोलकातासँग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×