घर जग्गा कारोबारमा बैंकिङ प्रणाली अनिवार्य

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १५:१२

काठमाडौं । सरकारले घर जग्गा कारोबारमा बैंकिङ प्रणाली अनिवार्य गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमिसुधार तथा मालपोत कार्यालयहरुलाई १४ बुँदे निर्देशन जारी गर्दै घरजग्गाको कारोबारलाई बैंकिङ प्रणालीभित्र ल्याउन भनेको हो ।

आतंकवादी तथा गैरकानुनी लगानीलाई निरुत्साहित गर्ने उद्देश्यले जारी भएको सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को प्रावधानलाई कार्यान्वयनमा ल्याउने क्रममा सरकारले यस्तो निर्देशन जारी गरेको हो ।

विभागको निर्देशनअनुुसार अब घर जग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्नेछ। सम्पूर्ण आर्थिक करोबारलाई बैंकिङ प्रणालीभित्र देखिने गरी विद्युतीय वा चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। किन्ने र बेच्ने दुवैले बैंकखाताबाट मात्रै कारोबार गर्नुपर्नेछ ।

जग्गा पास गर्दा ‘केवाइसी’ फारम समावेश गर्नुपर्ने, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

सूचक संस्थाले घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा क्रेता तथा विक्रेता दुवैको फाराम भर्न लगाई लिखत साथ सिष्टममा प्रविष्ट गर्नुपर्नेछ । त्यस्ता फाराम भूसेवा केन्दसामु भएका कार्यालयमा भूसेवा केन्द्रले र भूसेवा केन्द्र लागु नभएका कार्यालयमा कार्यालयको सर्भिस डेक्सले मर्न सगाई लिखतसाथ सिष्टममा प्रविष्ट गर्नुपर्नेछ ।

नयाँ सेवा केन्द्र दर्ता गर्न चाहने व्यक्ति वा सख्या र पुराना भूनेवा केन्द्रको नवीकरण गर्न चाहने भूसेवा केन्द्रले त्यस्ता भूसेवा केन्द्रको अनुसूची–३ बमोजिम र सो का सञ्चालकको अनुमति २ बमोजिमको केवाइसी फाराम भर्न लगाई कार्यालयले मुरक्षित राख्नुपर्ने जनाइएको छ ।

घर जग्गा खरिद बिकीको कारोबार गर्दा १० लाख रुपैयाँदेखि माथि ५० लाख रुपैयाँसम्मकोे कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । तर ५० लाख रुपैयाँभन्दा बढीको रकमको करोबार विद्युुतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ मार्फत गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.