चाँदीको मूल्य हालसम्मकै उच्च, सुनको घट्यो

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार १३:२८

काठमाडौं । आज (सोमबार) चाँदीको मूल्य उच्च दरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

त्यस्तै सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ रहेकोमा आज १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.